काठमाडौं ।
आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन र चाँदीको मूल्य शुक्रबारकै मूल्यमा किनबेच भइरहेको छ ।
महासंघका अनुसार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय र चाँदीको मूल्य १ हजार ४४० रुपैयाँ तोकिएको छ ।








