गृहपृष्ठ Featured दोस्रो बाणगंगा सडक खाना महोत्सव हुदैं

दोस्रो बाणगंगा सडक खाना महोत्सव हुदैं

कपिलवस्तु ।

जिल्लाको बाणगंगामा सडक खाना महोत्सव हुदैं छ । बाणगंगा वेल फेयर सोसाईटीले नयाँ वर्ष २०८० को अवसरमा वैशाख १ गते चारनम्बर चौकमा दोस्रो बाणगंगा सडक खाना महोत्सव गर्न लागको हो ।

सडक खाना महोत्सवका संयोजक गणेश बहादुर सिंह ठकुरी ‘सुशील’ ले सडक खाना महोत्सवमा यस क्षेत्रमा उत्पादित परिकारहरुको प्रदर्शनी गरिने बताए । उनले पहिलो महोत्सवभन्दा पृथक हुने दाबी गरे ।

महोत्सवमा विभिन्न जातजातीको सांस्कृतिक झल्कने नाँचगानसहित खानेकुराका परिकारहरुको स्वाद चखाईने उनको भनाई छ ।

सोसाइटीका अध्यक्ष राजकुमार खाँणले खाना महोत्सवमा सांस्कृति कार्यक्रम समेत हुने जानकारी दिए । यस क्षेत्रको व्यापार, व्यवसाय तथा पर्यटनको विकासमा महोत्सवले महत्वपुर्ण भूमिका खेल्ने उनको दाबी छ ।

महोत्सवमा सहभागि भई भव्यरुपमा सफल बनाउन उनले अपिल समेत गरेका छन् ।

सम्बन्धित् समाचार