बुटवलमा नेपालमा विभिन्न प्रतिष्ठित फुटवेयर कम्पनीका उत्पादन एउटै छानामुनि बिक्री गर्ने तयारी भएको छ । बुटवलको डेल्टा मार्टमा यही वैशाख १ गतेदेखि साझा बिक्री कक्षका रूपमा ‘नेपाली जुत्ता घर’ सञ्चालनमा आउने भएको हो ।
आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेपाली उत्पादनको प्रवर्द्धन गर्दै बाहिरी बजारसमेत विस्तार गर्ने उद्देश्यका साथ जुत्ता घरको अवधारणा ल्याइएको नेपाल फुटवेयर सङ्घका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले जानकारी दिए ।
जुत्ता घरमा स्कुल सुज, क्याजुयल सुज, स्पोर्टस सुज, पार्टी वेयर उपलब्ध हुनुका साथै उद्योगहरूको आफ्नै आउट लेट ५ हजार बढी मोडलका उत्पादनहरू उपलब्ध हुने जुत्ता घरका सञ्चालक चोलाप्रसाद पाठकले जानकारी दिए ।