गृहपृष्ठ कपिलवस्तु बिशेष नेपाल नेत्र ज्योती संघ कपिलवस्तु शाखाका पदाधिकारीको पदस्थापन

नेपाल नेत्र ज्योती संघ कपिलवस्तु शाखाका पदाधिकारीको पदस्थापन

कपिलवस्तु

नेपाल नेत्र ज्योती संघ कपिलवस्तु शाखाको छैठौं जिल्ला शाखासभाबाट निर्वाचित अध्यक्ष मनोज कुमार श्रीवास्तव सहित कार्य समितिका सदस्यको पदस्थापन गरिएको छ ।

शाखा भवनमा आयोजित कार्यक्रममा बोल्दै संघका निर्वाचन समितिका संयोजक समेत रहेका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष सागर प्रताप राणाले निर्वाचनलाई जिम्मेवारीको रुपमा ग्रहण गर्न आवश्यक रहेकोमा जोड दिए । संघ र तौलिहवा आँखा अस्पतालको बिकासका लागी सामुहिक कार्यमा जोड दिन आग्रह गरे ।

संघको बिकासमा आफु सधै तत्पर रहने निर्वतमान अध्यक्ष रमेश शर्माले बताए । आफु नेतृत्वको समितिले सबै पक्ष सँग सहकार्य गरि संघको बिकासमा लाग्ने नवनिर्वाचित अध्यक्ष मनोज कुमार श्रीवास्तवको प्रतिबद्धता थियो ।

लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान र रण अम्बिका आखाँ अस्पतालका मातहतका अस्पतालले आफ्नो सेवा प्रवाहका माध्यमबाट आर्थिक मन्दीमा समेत बैदेशिक मुद्रा ल्याउन सफल भै रहेको रण अम्बिका शाह आँखा अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीले जानकारी दिए ।

अध्ययन संस्थान मातहत आँखा सम्बन्धि जनशक्ति उत्पादन, क्लिनिकल स्तरोन्नती र अध्ययन अनुसन्धानका क्षेत्रमा काम गर्दै आएको उनले प्रष्ट्याए । संघको बिकासका लागी शाखा कार्य समितीले सबै पक्ष सँग सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा शाखाका संस्थापक अध्यक्ष गोपाल बहादुर सिंह, अस्पताल व्यस्थापक चित्र कुमार कर्ण लगायतले जोड दिए ।

यस अघि शनिवार सम्पन्न निर्वाचनमा कुल १ सय ८१ मतदान भएकोमा ८९ मत प्राप्त गरि मनोज कुमार श्रीवास्तव शाखा सभापति पदमा निर्वाचित भएका थिए । अर्का सभापति पदका उम्मेदवार राजेश ज्ञवालीले ८५ मत प्राप्त गरे ।

सदस्य (महिला) तर्फ कमला सापकोटा र रिता मिश्रा निर्वाचित भए । त्यसै गरि शाखा सदस्यहरुमा चर्तुभुज शर्मा, गोपाल भण्डारी, बलराम घिमिरे, जर्नादन पराजुली, कृष्ण कुमार केसी, बिरेन्द्र कुमार वर्मा, कृष्णकेश श्रेष्ठ, मनबहाल बरई, राम निवास चौधरी र मुख्तार अहमद खाँ निर्वाचित भएका थिए ।

सम्बन्धित् समाचार