वैखरी अनलाईन, बाणगंगा ।
जिल्लाको बाणगंगा नगरपालिका- २ बैजलपुरमा रहेको श्री पञ्च आधारभूत विद्यालयको अभिभावक दिवस तथा वार्षिक नतिजा प्रकाशन समारोह सम्पन्न भएको छ । उक्त कार्यक्रम सोमबार एक भव्य समारोहका बीच सम्पन्न भएको हो ।
सो कार्यक्रममा निवृत्त निवर्तमान प्रअ जगतराज रेग्मी साथै विद्यालयलाई जग्गा दान गरेका जग्गादाता मानध्वज कार्की र शान्ता कार्कीको दम्पत्तिलाई सम्मान गरिएको छ। कार्यक्रममा मार्फत हाल नियुक्ति प्राप्त गरीस विद्यालयमा रहेको रिक्त दरवन्दीमा आएका शिक्षक रोसन खनालाई स्वागत समेत गरिएको छ ।

यसै अभिभावक दिवसको कार्यक्रममा यस विद्यालयमा सञ्चालन भएका वार्षिक विभिन्न कार्यक्रममा सर्वोत्कृष्ट भएका विद्यार्थीलाई सम्मान पुरस्कार तथा मेडल वितरण गरिएको थियो । कार्यक्रममा विधार्थी हरुद्वारा सांस्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए । यस विद्यालयमा स्थापित विभिन्न अक्षयकोष मार्फत छात्रवृत्ती समेत वितरण गरिएको छ ।

सुजाता रेग्मीले संचालन गरेको कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष श्री चुरामणि वेल्वासेको अध्यक्षता, वाणगंगा नगरपालिका नगर प्रमुख चक्रपाणि अर्यालको प्रमुख आतिथ्यता, नगर प्रवक्ता एवम् वडा नं. २ का वडाअध्यक्ष विष्णु प्रसाद पौडेल तथा निवर्तमान प्रधानाध्यापक श्री जगतराज रेग्मीको विशिष्ट आतिथ्यता, संस्थापक समिति, व्यवस्थापन समिति शिक्षक अभिभावक संघका पदाधिकारी सदस्यहरु, एवम् सम्पूर्ण अभिभावक तथा विधार्थीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।








