गृहपृष्ठ Featured उपभोक्तालाई शुद्ध, स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिवद्ध छौं : अध्यक्ष कार्की

उपभोक्तालाई शुद्ध, स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिवद्ध छौं : अध्यक्ष कार्की

वैखरी अनलाईन, बाणगंगा ।

जिल्लाको बाणगंगा नगरपालिका- २ नन्दनगरमा अवस्थित बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले नयाँ बर्षको शुभकामना आदान–प्रदान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सोमाबार समितिको आफ्नै सभाहलमा सम्पन्न भएको हो । यस्तै समितिले नव बर्ष २०८० सालको क्यालेन्डर समेत विमोचन गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले नवबर्ष २०८० को शुभकामना दिदैं यस खानेपानी समितिले उपभोक्तालाई शुद्ध, स्वच्छ खानेपानी उपलब्ध गराउन सफल भएको भन्दै खुशी व्यक्त गरे । खानेपानीले मानव स्वास्थ्यलाई निरोगी बनाउन महत्वपुर्ण भूमिका खेल्ने भएकाले खानेपानी किटाणुरहित शुद्ध हुनुपर्ने उनको भनाई छ ।

समितिका अध्यक्ष विश्व कार्कीले बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति जिल्लामै नमुना खानेपानी बन्ने दिशातर्फ उन्मुख रहेको दाबी गरे । खानेपानीका लागी आवश्यक पुर्वाधारको निर्माणका लागी आफुले विभिन्न निकायसंग सहकार्य, समन्वय गर्दै काम गरिरहेको उनले सुनाए । अध्यक्ष कार्कीले उपभोक्तालाई शुद्ध, स्वच्छ खानेपानी उपलब्ध गराउन समिति प्रतिवद्ध रहेको जिकीर गरे ।

कार्यक्रम समितिका अध्यक्ष बिश्व कार्कीको अध्यक्षता, प्रतिनिधि सभा सदस्य बलराम अधिकारीको प्रमुख आतिथ्यता, संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजनाका निमित्त प्रमुख डि.ई. बिनोद कुमार भुजेलको विशिष्ट आतिथ्यता, संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजनाका ईन्जिनियर सुभेच्क्षा जि.सि., लेखा अधिकृत युवराज पौडेल, सव–ईन्जिनियर रुपेश यादव, सगरमाथा एपेक्स देव जे.भि. काठमाडौं (नयाँ योजना निर्माण ब्यवसायी) का प्रतिनिधि ईन्जिनियर अमृत बस्याल लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।

समितिका सचिव हिमलाल अधिकारीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा समिती उपाध्यक्ष हर्क बहादुर कार्कीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालक समितिका पदाधिकारी एवं सदस्यहरु, सम्पूर्ण उप–समितिका संयोजक एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार