गृहपृष्ठ Featured राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा पुलिसको विजयी शुरुवात

राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा पुलिसको विजयी शुरुवात

प्रकाशित मिति:

काठमाडौं ।

विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि ३–० को सोझो सेटमा जित निकाल्दै नेपाल पुलिस क्लबले मंगलबारबाट शुरु भएको पहिलो संस्करणको पोष्टबहादुर बोगटी स्मृति कम राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको उद्घाटन खेलमा पुलिसले एपिएफमाथि सोझो सेटमा जित निकालेको हो। विभागीय डर्बी भिडन्तमा पुलिसले पहिलो सेट २५–२१ ले जितेको थियो। पहिलो सेटको जितपछि उच्च मनोबलका साथ खेलेको पुलिसले दोस्रो सेट २५–२२ ले र तेस्रो सेट २६–२४ को रोमाञ्चक जित पायो।

यस जितसँगै समूह बी को पुलिसले अंक तालिकामा ३ जोडेको छ। यससँगै पुलिसको सेमिफाइनल प्रवेश सम्भावना पनि बलियो भएको छ। प्रतियोगितामा बुधबार दुई खेल हुने छन्।

दिनको पहिलो खेल त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश तथा दोस्रो खेल नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच हुनेछ।

सम्बन्धित् समाचार