गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुको चन्द्रौटामा प्रदेश स्तरीय सरूवा रोग अस्पतालको शिलान्यास

कपिलवस्तुको चन्द्रौटामा प्रदेश स्तरीय सरूवा रोग अस्पतालको शिलान्यास

कपिलवस्तु ।

कपिलवस्तुमा लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पतालको शिलान्यास गरिएको छ । बुधबार जिल्लाको शिवराज नगरपालिकाको चन्द्रौटामा ५० शैयाको लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पतालको शिलान्यास गरिएको हो ।

उक्त अस्पतालको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री विष्णु पन्थीले शिलान्यास गरेका हुन् । मन्त्री पन्थीले प्रदेश सरुवा रोग अस्पताल प्रदेशवासीको लागी गौरवको योजना रहेको बताए । कोभिडको समयमा भोग्नुपरेको समस्याले गर्दा प्रदेश सरुवा रोग अस्पतालको अवधारणाको विकास भएको उनको भनाई छ ।

२०८१ फाल्गुनसम्म अस्पताल भवन निर्माण सम्पन्न हुने लक्ष्य राखिएको भवन निर्माणको कुल लागत २० करोड ९६ लाख ३ हजार ३ सय २६ रुपैयाँ रहेको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले ठेक्का भएको १३ महिनापछि भवन निर्माणको काम सुरु भएको बताए ।

सम्बन्धित् समाचार