गृहपृष्ठ कपिलवस्तु बिशेष सिद्धार्थ क्याम्पसको सञ्चालक समिति अध्यक्षमा डम्मर शर्मा

सिद्धार्थ क्याम्पसको सञ्चालक समिति अध्यक्षमा डम्मर शर्मा

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिका- १ मा अवस्थित सिद्धार्थ क्याम्पसको क्याम्पस सञ्चालक समितिको अध्यक्षमा डम्मर शर्मा निर्वाचित भएका छन् । बुधबार सम्पन्न १२ औं क्याम्पस सभाबाट शर्मा अध्यक्षमा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

जसको उपाध्यक्षमा रबिबहादुर काफ्ले निर्वाचित भएका छन् भने सदस्यहरुमा सुमित्रा घिमिरे, गणेश बहादुर क्षेत्री, कमल चुदाली, सुर्यकुमारी शाही, क्षेदी थारु, भग्गु थारु, देवकला सुवेदी कमाल, राजेन्द्र विक्रम शाह, नारायण भुसाल र आमन्त्रित सदस्यमा निलकुमार थारु निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष शर्माले क्याम्पसको हितका लागी कट्टीबद्ध भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । क्याम्पसमा शैक्षिक गुणस्तर कायम गर्दै सिद्धार्थ क्याम्पसलाई देशकै नमुना क्याम्पस बनाउन समन्वयकारी भूमिका निर्वाह गर्ने उनको भनाई छ ।

सम्बन्धित् समाचार