गृहपृष्ठ Featured नेपाल गोजु रियो कराँते दो संघ कपिलवस्तुको प्रथम भेला सम्पन्न, अध्यक्षमा विक चयन

नेपाल गोजु रियो कराँते दो संघ कपिलवस्तुको प्रथम भेला सम्पन्न, अध्यक्षमा विक चयन

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

नेपाल गोजु रियो कराँते दो संघ कपिलवस्तुको अध्यक्षमा अमर बहादुर विक चयन भएका छन् । संघको बुधबार सम्पन्न प्रथम भेलाबाट विकको अध्यक्षता ७ सदस्यीय समिति गठन गरिएको हो ।

जसको उपाध्यक्षमा पुजा राना, सचिवमा मधु सुनार, कोषाध्यक्षमा गणेश भुसाल चयन भएका छन् भने सदस्यहरुमा रामबहादुर विक, रोहन विक र पुजा सुनार चयन भएका हुन् । समितिको सल्लाहकारमा ससि सापकोटा र गणेश बहादुर केसी चयन भएका छन् ।

उक्त भेला संघका लुम्बिनी प्रदेश अध्यक्ष उमाशंकर घिमिरेको अध्यक्षता, जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका कार्यालय प्रमुख मिन बहादुर पोख्रेलको प्रमुख आतिथ्यता, नेपाल कराँते संघ लुम्बिनी प्रदेश सचिव रामु सुनारको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार