गृहपृष्ठ Featured नयाँ वर्ष मनाउन पाल्पा गएका रुपन्देहीका एक युवकको डुबेर मृत्यु

नयाँ वर्ष मनाउन पाल्पा गएका रुपन्देहीका एक युवकको डुबेर मृत्यु

रुपन्देही ।

नयाँ वर्ष मनाउन पाल्पाको तिनाउ–३ झुम्सास्थित भूतखोला पुगेका रुपन्देहीका एक युवकको डुबेर मृत्यु भएको छ । नयाँ वर्ष मनाउन शुक्रवार रुपन्देहीको भैरहवाबाट भुतखोला पोखरी पुगेका सिद्धार्थनगर–१२ बेलहियाका अन्दाजी ३० वर्षीय शिभम जैशवालको मृत्यु भएको प्रहरी चौकी दोभानाले जानकारी दिएको छ ।

पोखरी हेर्न पुगेका शिभम ढुङ्गामा चिप्लिएर पोखरीमा खसेका थिए । साथीहरूसँगै घुम्न गएका उनलाई उद्धार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइए पनि त्यसअघि नै उनको मृत्यु भैसकेको अस्पतालले जानकारी दिएको थियो ।

घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

भूतखोलामा केही समयअघि रुपन्देहीबाटै घुम्न गएका अर्का एक युवाको पनि डुबेर मृत्यु भएको थियो ।

सम्बन्धित् समाचार