गृहपृष्ठ Featured म छिट्टै नेपाल फर्किनेछु : चन्द्र भण्डारी

म छिट्टै नेपाल फर्किनेछु : चन्द्र भण्डारी

काठमाडौं

प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ। मुम्बइको नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीले शुक्रबार नयाँ वर्ष २०७९ सालको शुभकामना सन्देश दिँदै आफ्नो स्वास्थ्य अवस्था सुधार हुँदै गएको बताएका छन्।

स्वास्थ्यको कारणले आफू नयाँ वर्षमा सहभागी हुन नसकेको भन्दै स्वास्थ्यमा सुधार भइरहेको बताए। उनले छिट्टै स्वदेश फर्किने पनि बताए। भण्डारीले भने, ‘नयाँ वर्षका अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दछु। छिट्टै नै म तपाईंहरूसँग उपस्थित भएर, त्यहीँ नै मेरो स्वास्थ्य उपचार गर्नेछु।’

गत फागुन ३ गते खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए। उनकी आमा हरिकलाको फागुन ४ गते निधन भएको थियो।

सम्बन्धित् समाचार