काठमाडौं ।
ह्यारी ब्रुकको शतक मद्दतमा सनराईजर्स हैदरावादले इन्डियन प्रिमियर लिगमा कोलकता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको छ ।
कोलकताको मैदान एडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ब्रुकको अविजित १०० रन मदतमा ४ विकेट गुमाएर २२८ रन बनाएको थियो । जारी आईपीएलको पहिलो शतक बनाउने क्रममा ब्रुकले ५५ बल खेल्दै १२ चौका र ३ छक्का प्रहार गरे । कप्तान एइडन मार्क्रमले २६ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५० रन बनाए ।








