गृहपृष्ठ Featured गोरखा–जितगढी पदयात्रा : पाल्पा पुग्याे सेनाको टोली

गोरखा–जितगढी पदयात्रा : पाल्पा पुग्याे सेनाको टोली

पाल्पा ।

गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली पाल्पा आइपुगेको छ । गोरखाबाट गत चैत २९ गते  निस्केको सो टोली तनहुँ, स्याङ्जा हुँदै शनिबार पाल्पाको रामपुर आइपुगेको हो ।

तत्कालीन नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको बुटवलको जितगढी किल्लासम्म पुग्ने उद्देश्यले सो टोली गोरखाबाट पाल्पा हुँदै बुटवलको जितगढी हिँडेको हो । रामपुर नगरपालिकाको आयोजनामा टोलीलाई भव्य स्वागत गरिएको छ ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, रामपुर नगरका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, विभिन्न वडाध्यक्ष, स्थानीय महिला समूह, नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीद्वारा स्वागत तथा सम्मान गरिएको छ ।
तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटो हुँदै उक्त टोली पैदल बुटवल पुग्ने योजना  सेनाको छ ।

सम्बन्धित् समाचार