गृहपृष्ठ Featured बाँकेबाट सुकुम्बासीलाई जग्गा मिलाइदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ

बाँकेबाट सुकुम्बासीलाई जग्गा मिलाइदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ

सुकुम्बासीलाई ऐलानी जग्गा मिलाइदिने प्रलोभनमा पारेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुर्गम पहाडी जिल्लाबाट मानिसहरू बोलाएर बाँकेको बैजनाथ गाउँपालिकाको पितमारी नजिकैको जंगलमा सुकुम्बासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएकामध्ये जाजरकोटको नलगाड नगरपालिका वडा नं. ११ का ४४ वर्षीय नरबहादुर कामी, सोही जिल्लाको कुशे गाउँपालिका वडा नं। ४ का ३८ वर्षीय मोहनजंग शाह र डोल्पा जिल्ला ठूलीभरी नगरपालिका वडा नं. ७ कि ६० वर्षीया सुनरुपा ठकुल्ला रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि अदालतले उनीहरूलाई सात दिनको म्याद थप गरेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार गिरोहले झन्डै १ हजार ५ सयको संख्यामा दुर्गम क्षेत्रका स्थानीयहरूलाई सुकुम्बासीका नाममा बाँकेको बैजनाथ २ पितमारीको जंगलमा लगेर बस्ती बसाउँदै गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रतिव्यक्ति ५ सयदेखि एक हजारसम्मको फारम भराएर पैसा असुल्ने गिरोहमध्येका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित् समाचार