कपिलवस्तु ।
कपिलवस्तुमा जबरजस्ती धर्म परिवर्तन गराई रहेको अवस्थामा २ क्रिस्चियन महिला पक्राउ परेका छन्। कपिलवस्तु नगरपालिका- ८ दोहनी चोकमा जबरजस्ती हिन्दु धर्म परिवर्तन गराई क्रिस्चियन धर्ममा लगाई राखेको अवस्थामा स्थानीयबासीले ती दुई महिलालाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन्।
प्रहरीका अनुसार रुपन्देही बुटवल उप महानगरपालिका- ४ देविनगरकी ४१ बर्षीया अकाली काहार र १७ बर्षीया रेश्मी काहार पक्राउ परेका हुन्।
वडाध्यक्ष शिव कुमार पाण्डेयले दोहनी चोकमा हिन्दु समुदायलाई विभिन्न प्रलोभन देखाई धर्म परिवर्तन गराए पछि आक्रोसित स्थानीयले ती महिलालाई नियन्त्रणमा लिएका थिए। ती महिलाले क्रिश्चियन धर्मको प्रचार प्रसार गरी धर्मप्रति आस्थावान गराई धर्म परिवर्तन गर्न प्रलोभन देखाउदै गर्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका थिए।
घटनाको अनुसन्धान भइरहेको र उनीहरुमाथी मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतलले बताए।








