गृहपृष्ठ Featured कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, १७१ संक्रमित

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, १७१ संक्रमित

काठमाडौं ।

कोरोना संक्रमणका कारण नेपालमा थप दुईजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण दुईजनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार २५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का १७१ संक्रमित थपिएका छन् । दुई हजार २९२ वटा स्वाब नमुनाको परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३९७ छ ।

अहिले काठमाडौंका अस्पतालमा २२ जना भर्ना भएका छन् । तीमध्ये आठ आईसीयू र चारजना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले मंगलबार जनाएको छ ।

सम्बन्धित् समाचार