गृहपृष्ठ Featured नागरिकताबाट बञ्चित युवालाई तत्काल नागरिकता उपलब्ध गराउन सांसद आचार्यको माग

नागरिकताबाट बञ्चित युवालाई तत्काल नागरिकता उपलब्ध गराउन सांसद आचार्यको माग

काठमाडौं । 

नेपाली कांग्रेसका सांसद सुरेन्द्रराज आचार्यले नागरिकताबाट बञ्चित युवालाई तत्काल नागरिकता उपलब्ध गराउन माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद आचार्यले यस्तो माग गरेका हुन् ।

उनले नागरिकता विधेयक गत बर्ष संसदका दुवै सदनमा सरकारले पेस गर्दा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण हुन नसकेको उनले स्मरण गराए । ‘सो अवसरमा नागरिकताबाट बञ्चित तराईका अधिकांश युवाहरुलाई अत्यन्त हर्षित र उत्साहित थिए,’ उनले भने, ‘तर उनीहरु आजसम्म पनि नागरिकताबाट बञ्चित हुन परेको छ ।’

सम्बन्धित् समाचार