गृहपृष्ठ कपिलवस्तु बिशेष प्रजिअ आचार्य भन्छन्- म कपिलवस्तु आएपछि पहिले भन्दा अवैध चोरीतस्करी रोकियो

प्रजिअ आचार्य भन्छन्- म कपिलवस्तु आएपछि पहिले भन्दा अवैध चोरीतस्करी रोकियो

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तु उद्योग बाणिज्य संघले शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन साथै १३ औं कपिलवस्तु महोत्सवको प्रगति विवरण सार्वजनिकिकरण एवम् पत्रकार सम्मेलन कार्यक्रम एकसाथ सम्पन्न गरेको छ । मंगलबार संघको सभाहल चारनम्बरमा उक्त उक्त कार्यक्रम एकसाथ सम्पन्न भएका हुन् । सो कार्यक्रममा १३ औं कपिलवस्तु महोत्सवको प्रगति र समिक्षा संघका कानुनी सल्लाहकार गुणानिधि भुसालले प्रस्तुुत गरेका थिए ।

उनका अनुसार १३ औं कपिलवस्तु महोत्सवबाट करयोग्य आम्दानी २१ लख रुयैया रहेको छ । उनले विभिन्न शिर्षकमा भएको खर्चको भुक्तानी पश्चात संघको खातामा कुल एक लाख १६ गएको बताए । कल्याणकारी कोष तथा संस्थागत विकास कोषमा १५ लाख रुपैयाँ रहेको उनले जानकारी दिए । कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले कपिलवस्तु उद्योग बाणिज्य संघले लगाउने मेला महोत्सवमा स्थानीय स्तरमा उत्पादित सामग्रीलाई प्राथमिकतामा दिएकोमा खुशी व्यक्त गरे ।

आयातलाई निरुत्साहित र निर्यातलाई प्रोत्साहित गर्नुपर्ने आजको आवश्यकता रहेको उनले बताए । निजि क्षेत्रको विकास विना देशको अर्थतन्त्र सुदृढ हुन नसक्ने भएकाले सरकारले निजी क्षेत्रलाई हालेमालो गर्दै अघि बढनुपर्ने उनको भनाई छ । प्रजिअ आचार्यले आफु कपिलवस्तुमा आईसकेपश्चात भारतबाट हुने अवैध चोरीतस्करी पहिले भन्दा रोक्न सफल भएको दाबी गरे ।

कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले आफुहरु विभिन्न सरोकारवाला निकायसंग विगतदेखि नै सहकार्य समन्वय गर्दै अघि बढेको स्मरण गराए । हाल उद्योगी व्यवसायी चरममारमा रहेको बताउँदै उनले यस्तो समयमा सरकारले राहत दिन आवश्यक रहेको बताए । विभिन्न चरणमा सरकारसंग महासंघले संवाद गरिरहेकाले छिट्टै नै उद्योगी व्यवासायीका माग सम्बोधन हुने उनले विश्वास व्यक्त गरे ।

संघका महासचिव मनोज पौडेलको संचालनमा सम्पन्न उक्त कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल, निवर्तमान अध्यक्ष उमानाथ पौडेलसहितका पदाधिकारी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रेम बहादुर बस्नेत, ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रयासबाबु जोसी, नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाई, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार