गृहपृष्ठ Featured नेविसंघको स्थापना दिवसमा फलाहरी बाबा बहुमुखी क्याम्पसमा सरसफाई

नेविसंघको स्थापना दिवसमा फलाहरी बाबा बहुमुखी क्याम्पसमा सरसफाई

कपिलवस्तु ।

नेपाल विधार्थी संघ कपिलवस्तुले ५४ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । बुधबार आज जिल्लाका विभिन्न क्याम्पसमा विभिन्न कार्यक्रम गरि नेविसंघले ५४ औं स्थापना दिवस मनाएको हो । सो क्रममा महाराजगंज नगरपालिकामा रहेको फलाहरी बाबा बहुमुखी क्याम्पसमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाल बिद्यार्थी संघको फलहारी बाबा बहुमुखी क्याम्पस एकाई कार्य समिति को नेतुत्वमा सरसफाई कार्यक्रम सम्पन भएको हो । नेपाल बिद्यार्थी संघ इकाई सभापपति राकेश यादवको सभापतित्वमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली कांग्रेस महाराजगंज नगरपालिकाका नगर सभापति राम अचल कुर्मि, महाराजगंज नगरपालिका तरूण दल सभापति सचिदानन्द पाण्डेय, नेपाली कांग्रेस महाराजगंज नगरपालिका नगर प्रबक्ता प्रमोद कुमार चौधरी, युवा नेता अवधेश कुमार यादव, नेविसंघका सदस्यहरुलगायत नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार