गृहपृष्ठ Featured बुद्धभूमि नगरपालिका- ५ ले नि:शुल्क बृहत योग शिविर गर्दै

बुद्धभूमि नगरपालिका- ५ ले नि:शुल्क बृहत योग शिविर गर्दै

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ ले निशुल्क बृहत योग शिविर संचालन गर्ने भएको छ । “गरौं योग रहौं निरोगी” भन्ने मूल नाराका साथ १५ दिने निशुल्क योग शिविर हुन लागेको हो ।

यही वैशाख १३ गतेदेखि २७ गतेसम्म सिएलसी भवन राजपुमा उक्त शिविर गर्न लागिएको वडाध्यक्ष रोमबहादुर थापाले जानकारी दिए । वडाध्यक्ष थापाका अनुसार विहान ५ बजेदेखि ७ बजेसम्म उक्त शिविर हुने छ ।

उनले मानिसको स्वास्थ्य नै अमूल्य धन भएकाले वडावासीको स्वास्थ्यलाई मध्येनजर गर्दै शिविर गर्न लागिएको बताए ।

सम्बन्धित् समाचार