गृहपृष्ठ Featured बाणगंगा- २ का एकल महिलाहरुलाई उद्घोषण तालिम

बाणगंगा- २ का एकल महिलाहरुलाई उद्घोषण तालिम

वैखरी अनलाईन, बाणगंगा ।

जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर २ मा एकल महिलाहरुका लागी उद्घोषण तालिम सुरु भएको छ । महिलासंग उपप्रमुख कार्यक्रम अन्तर्गत उक्त तालिम वडा नम्बर २ को वडा कार्यालयमा आज विहिबारदेखि सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै वडा नम्बर २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले एकल महिलाहरु समाजको एक अभिन्न अंक भएकाले उनीहरुलाई अन्य सरह एकसाथ लिएर अघि बढ्नुपर्ने बताए । सो क्रममा वडादेखि नगरले नै विभिन्न लक्षित कार्यक्रममार्फत सबैलाई समेटने प्रयास गरेको वडाध्यक्ष पौडेलको भनाई छ । एकल महिलाहरुलाई समाजमा हेर्ने दृष्टिकोण बदल्न आवश्यक रहेको बताए ।

समाजमा एकल महिलालाई गरिने अमानवीय व्यवहार पछिल्लो समय परिवर्तन हुदैं गएको उनले बताए । एकल महिलाहरु संगठित भएर मात्र उक्त परिवर्तन सम्भव भएको वडाध्यक्ष पौडेलको भनाई छ । उनीहरुको क्षमता अभिवृद्धि गर्न उद्घोषण तालिमले महत्वपुर्ण भूमिका निर्वाह गर्ने उनले दाबी गरे । उनले कुनै पनि विषयप्रतिको धारणा प्रभावकारी ढङ्गले प्रस्तुत गर्न वाककला चाहिने बताए ।

संचारकर्मी सागर विकको संचालनमा सम्पन्न उक्त तालिमको उद्घाटन सत्रमा वडाध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता,मानव अधिकारीका लागी महिला एकल महिला समूहकी जिल्ला अध्यक्ष रुपादेवी राई, निवर्तमान सदस्य टिका कुमारी अधिकारी, हर्टविट एफएमका स्टेशन म्यानेजर अशोक पौडेल लगायतको आतिथ्यता रहेको थियो भने वडासदस्य झिमलाल सापकोटाले स्वागत मन्तव्य राखेका थिए ।

तालिममा वडा नम्बर २ भित्रका २० जना एकल महिलाको सहभागिता रहेको छ ।

सम्बन्धित् समाचार