गृहपृष्ठ Featured कोरोनाबाट थप १ जनाको मृत्यु, १०६ जनामा संक्रमण

कोरोनाबाट थप १ जनाको मृत्यु, १०६ जनामा संक्रमण

प्रकाशित मिति:

काठमाडौँ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । योसँगै नपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार बिहीबार ५८१ पीसीआर र १ हजार ३ सय २ एन्टिजेन गरी कुल १ हजार ८ सय ८३ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् ।

पीसीआरतर्फ ६४ र एन्टिजेन परीक्षणमा ४२ जनामा संक्रमण देखिएको हो । हाल सक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ ।

हाल संस्थागत आइसोलेसनमा २५ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना रहेका छन् । यसअघि बिहीबार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित् समाचार