बाणगंगा ।
बाणगंगा नगरपालिका- ११ मा ३ दिने बालअधिकार सम्बन्धी अभिमुखीकरण तथा उद्घोषण तालिम सुरु भएको छ । बाल अधिकारको विषयमा बालबालिकालाइ सचेत गराउँदै क्षमता विकास गर्ने उद्देश्यका साथ आज बाट वडाको सभाहलमा तालिम शुक्रबारबाट भएको हो ।
त्यस्तै कार्यक्रममा बोल्दै वडा अध्यक्ष नरेन्द्र प्रसाद चौधरीले तिन दिने तालिम बाट बाल अधिकार सम्बन्धी जानकारी लिँदै उद्घोषण तालिम बाट क्षमता विकास गर्न पनि आग्रह गर्नुभएको छ । वडाले बालबालिकाको आवश्यक्तालाई हेरेर उक्त तालिमको आयोजना गरिदिएको भन्दै तालिम बाट सिकेको कुरालाई व्यवाहारमा लागु गर्नुपर्ने बताउनु भएको थियो ।
बाणगंगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष नरेन्द्र प्रसाद चौधरीको अध्यक्षता, नगर प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको प्रमुख आतिथ्यता, वडा सदस्यहरु इमकला केसी, वाजवुल लैन, जग नारायण थारु, वडा सचिव अशोक कुमार चौधरी, रेडियो हर्ट विटका स्टेसन म्यानेजर अशोक पौडेल, बाल सहजकर्ता निषा थारु लगायतको आतिथ्यतामा उक्त कार्यक्रम सुरु भएको हो ।
तालिमको उद्घाटन सत्रको कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य इमकला केसीले गर्नुभएको थियो ।
बाणगंगा नगरपालिका वडा नम्बर ११ को आयोजना तथा म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रालिद्वारा सञ्चालित रेडियो हर्ट विट ९१.३ मेगाहर्जको सहजिकरणमा सुरु भएको तालिमको पहिलो दिन करिब २५ जना बालबालिकाको उपस्थिती रहेको छ ।








