गृहपृष्ठ Featured ‘ग्यास बिस्फोटका घटना न्युनीकरण गर्न बिक्रेता र उपभोक्ता दुबै सचेत हुन आवश्यक ‘

‘ग्यास बिस्फोटका घटना न्युनीकरण गर्न बिक्रेता र उपभोक्ता दुबै सचेत हुन आवश्यक ‘

कपिलवस्तु ।

जिल्लाको बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले ग्यास बिस्फोटका घटना न्युनीकरण गर्न ग्यास बिक्रेता र उपभोक्ता दुबै सचेत हुन आवश्यक रहेको बताएका छन् । ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेशको तेश्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मेयर अर्यालले यस्तो बताएका हुन् ।

हाल सङ्कटमा परिरहेको देशको अर्थतन्त्रलाई माथि उठाउनको लागि ग्यास बिक्रेता संघ जस्ता निजि क्षेत्रको महत्वपूर्ण भुमिका रहने उनले बताए । ग्यास बिक्रेता संघले आफ्नै भवन निर्माणको लागि गरेको अनुरोधलार्इ सम्मान गर्दै उपयुक्त जग्गा हेरेर नगरपालिकालाइ खबर गरे त्यसको लागि कानुनी रुपमा नगरले सहयोग गर्ने मेयर अर्यालले प्रतिवद्धता जनाए ।

ग्यास बिक्रेता महासंघका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज राम प्रसाद ज्ञवालीले व्यवसाय गर्ने निजि क्षेत्रहरु मध्ये ग्यास बिक्रेता संघ सबैभन्दा कम मुनाफा कार्य व्यवसाय गर्ने सस्था रहेको हुँदा सुरक्षा निकाय र प्रशासनले सहज वातावरणमा काम गर्न दिन आग्रह गरे ।

महासंघ नेपालका केन्द्रिय महासचिव लाल बहादुर केसीले ०७९ साल व्यवसायीहरुका लागि उत्साह जनक नभएको बताउँदै आम उपभोक्ताहरुका निम्ति धेरै कामहरु भए पनि उपलब्धि मुलक नभएको बताए ।

ग्यास बिक्रेता महासंघ रुपन्देहीका अध्यक्ष प्रदिप प्रसाद पन्तले ग्यास बिक्रेता संघहरुले आफ्नो सस्थाको लागि मात्र नभएर अब उपभोक्तालाइ मध्यनजर गर्दै व्यवसाय सन्चालन गर्नुपर्ने बताए ।

कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले व्यवसायीहरु जोखिममा रहेको बताउँदै जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्न आवश्यक भएको बताए । उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल ९कोपिल० ले व्यवसायी संघले समाज परिवर्तन गर्नुपर्ने बताउनु भयो । खरिद ग्यास सिलिण्डर उपभोक्ताहरुले गुणस्तरिय भएनभएको जान्न र बुझ्न अत्यन्तै जरुरी भएको बताए ।

स्थानियतहले चाहेमा व्यवसायीहरुलाई व्यवस्थापन गर्न आर्थिकको समस्या नभएको बताउँदै यस बिषयमा ग्यास व्यवसायी सक्रिय रुपमा लागि पर्न जरुरी भएको हुँदा समन्वय र सहकार्यका लागि उद्योग व्यापार संघ कपिलवस्तु प्रतिवद्ध रहेको संघका अध्यक्ष पौडेलले बताए ।

नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाईले ग्यासचुलोलाई स्थानियतहले निती तथा कार्यक्रम मार्फत पारित गरी सहि सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेश अध्यक्ष राम प्रसाद गैरेले कार्यपत्र प्रस्तुत गर्दै बिगत तिन बर्षदेखि बिभिन्न समस्याहरु भोग्दै आएको बताए । उनले आगामी कार्ययोजनाहरु प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका सम्पुर्ण जिल्लामा व्यवसायीहरुलाई संगठित गर्दै बैज्ञानिक रुपमा व्यवस्थापन , सहजीकरण , तालिम तथा अन्तरक्रिया जस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने बताए ।

कार्यक्रममा ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष राम प्रसाद गैरेको अध्यक्षता , संघका बरिष्ठ उपाध्यक्ष नारायण नेपालको स्वागत तथा महासंघका महासचिव हरि प्रसाद अधिकारीको संचालनमा सम्पन्न साधारण सभामा लुम्बिनी प्रदेशका ग्यास व्यवसायी संघका प्रतिनिधिहरु , समाज सेवी , नागरिक समाज , सुरक्षाकर्मी र संचारकर्मी लगाएतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार