गृहपृष्ठ Featured सुनवलमा पाइप गोदाममा आगलागी, २० लाख बराबरको क्षति

सुनवलमा पाइप गोदाममा आगलागी, २० लाख बराबरको क्षति

प्रकाशित मिति:

परासी ।

पश्चिम नवलपरासीको सुनवलमा आगलागी हुँदा २० लाख बराबरको सामग्री नष्ट भएको छ ।

सुनवल नगरपालिका-४ घैयाबारीमा रहेको सुनवल खानेपानी तथा उपभोक्ता संस्थाको फिल्टर र प्लास्टिकको पाइप राखिएको स्थानमा अचानक आगलागी हुँदा २० लाख बराबरको उपकरण र पाइप नष्ट भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए ।

आयोजना विस्तारका लागि राखिएको प्लास्टिकको पाइपमा आगलागी हुँदा क्षति बढी भएको हो ।

आगलागी भएको करिब १ घण्टामा स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगो निभाइएको थियो । जंगलको बीचमा रहेको ट्यांकी र पाइप राखिएको स्थानमा जंगलमा लागेको डढेलोको कारण आगलागी भएको अनुमान गरिएको छ ।

सम्बन्धित् समाचार