काठमाडौँ ।
तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मतदाताले मतदान गरेका छन् । जुन कुल मतदाताको ५१.७० प्रतिशत हो । यो प्रारम्भिक तथ्यांक भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यहाँ एक लाख २३ हजार ३ सय ५ मतदाता थिए । यहाँ गत मंसिरमा भएको निर्वाचनमा ५४.३६ प्रतिशत अर्थात् ६६ हजार ९६५ खसेको थियो ।







