वैखरी अनलाईन, बाणगंगा ।
जिल्लाको बाणगंगा नगरपालिका ११ मा अवस्थित ओदारी मा। वि। को ब्यवस्थापन समितिले पूर्णता पाएको छ । समितिको अध्यक्षमा जग्गा दाता राजेश चौधरी चयन भएका छन् ।
यस्तै सदस्यहरुमामा तारावती कुमारी चौधरी, रामाचन्द खर्विनन्द, चाहना खातुन, रविन्द चौधरी र गीता देवी तिमिल्सिना चयन भएका छन् ।
नवनिर्वाचित समितिलाई वडाध्यक्ष नरेद्रप्रसाद चौधरीले सफल कार्यकालको शुभकामना दिदैं विद्यालयको हकहितमा काम गर्न आग्रह गरे । उनले विद्यालयमा गुणस्तरिय शिक्षाको विकासमा थप शसक्त भएर लाग्नुपर्ने बताए ।








