लुम्बिनी ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको आफनै प्रशासनिक भवन निर्माणका लागी पहिलो चरणको काम सुरु भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमान,उपप्रमुख कल्पना हरिजन लगायत अन्य जनप्रतिनिधी,कर्मचारीको पहलमा नगरपालिकाले भवन निर्माणका लागी केही महिना अघि जग्गाको टुंगो लगाएको थियो ।
सो अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका-३ स्थित लंकारपुरदेखि क्युटेलिय जाने बाटोको पुर्वतर्फ प्रशासनिक भवनका जग्गा प्रस्ताव गरिएको हो ।
भवनका लागी प्रस्तावित जग्गाको आईतबार नगरपालिकाका मेयर सजरुद्धिन मुसलमान,लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न।३का वडाअध्यक्ष अकरमुद्धिन नाउँ मुसलमान,ईन्जिनियर आशिष यादव,अमिन,पत्रकार लगायत स्थानीयको रोवरमा नापजाँच गरिएको नगरपालिकाले जनाएको छ । डिपिआर निर्माणका लागी पहिलो चरणको जग्गा रेखांङकन र एरिया नापिएको हो ।
क्षेत्रिय सहकारी विकास तथा एडवीको सहयोग तथा समन्वयमा पालिकाको आफनै सार्वजनिक जग्गामा भवन निर्माणको कार्यलाई अघि बढाउने निर्णय भएको छ ।
आमजनतालाई छिटो छरितो तरिकाले आफनै भवनबाट सेवा दिन आतुर रहेको नगरपालिका मेयर सजरुद्धिन मुसलमानले बताए । पहिलो स्थानीय तहको चुनावमा जितेर आएका जनप्रतिनिधिको पालामा बन्न नसकेको प्रशासनिक भवनलाई आफनो कार्यकाल भित्र पुरा गर्ने मेयर मुसलमानले प्रढ् गरे ।








