गृहपृष्ठ Featured लुम्बिनी वाणिज्य क्याम्पसमा स्ववियु चुनाव यथाशीघ्र गर्न आदेश

लुम्बिनी वाणिज्य क्याम्पसमा स्ववियु चुनाव यथाशीघ्र गर्न आदेश

काठमाडौं ।

लुम्बिनी वाणिज्य क्याम्पसमा स्ववियु चुनाव यथाशीघ्र गर्न उच्च अदालत तुलसीपुर, बुटवल इजलासले अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय रामप्रसाद ओली र सरलाकुमारी पाण्डेको संयुक्त इजलासले स्थगित भएको स्ववियु निर्वाचन गर्न सोमबार आदेश जारी गरेको हो ।

गत फागुन २९ मा हुने भनेको चुनाव सूचना निकाल्दै स्थगित भएको थियो । सो पश्चात कुनै सूचना जारी नभएको भन्दै त्यहाँका विद्यार्थी सिर्जन नेपालसहितले रिट दायर गरेका थिए ।

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनसम्बन्धी निर्देशिका, २०७९ को दफा १२(८) अनुसार निर्वाचन स्थगित हुँदा ३० दिन भित्र मिति तोकी निर्वाचन हुनुपर्ने व्यवस्था रहेको आदेशमा उल्लेख छ ।

सम्बन्धित् समाचार