काठमाडौं ।
काठमाडौंबाट दुवईका लागि उडेको विमानमा उड्नासाथ समस्या देखिएको भए पनि पछि सबै ‘प्यारामिटर’ नर्मल रहेको भन्दै गन्तव्यतर्फ लागेको छ । काठमाडौंबाट अहिले बेलुका ९ बजेर २० मिनेटमा उडेको जहाजबाट ‘ठूलो आवाज’ आएको थियो ।
काठमाडौंका स्थानीयले ‘पड्किएको आवाज’ सुनेको बताएका छन् ।
त्यसपछि विमानस्थलमा आकस्मिक अवतरणको तयारी गरिएको थियो । विमानस्थल स्रोतले दिएको जानकारीअनुसार आकस्मिक अवरतणको सबै तयारी पूरा गरिएको थियो ।
अन्य गन्तव्यतर्फबाट आएका जहाजलाई एकैछिन रोकेर फ्लाई दुवईको जहाज अवतरणको तयारी गरिएको थियो ।
तर पछि जहाजले ‘आफ्ना सबै प्यारामिटर नर्मल’ अवस्थामा रहेको भन्दै गन्तव्यतर्फ लागेपछि अन्य जहाजहरु अवतरण गराइएको विमानस्थल स्रोतले जानकारी दियो ।








