परासी ।
भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा नवलपरासी प्रहरी टोलीले २५ लाख बराबरको कपडा र चिनी बरामद गरेको छ । जिल्लाको सिमावर्ती नाकाबाट ल्याउँदै गरेको अवस्थामा प्रहरीले विशेष सुराकीको आधारमा उक्त सामान बरामद गरेको हो ।
चिनीसँगै ट्रक चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद भएको चिनीसहित ट्रक र ट्रक चालकलाई आवश्यक कारबाहीका लागि राजश्व कार्यालय बुटवल पठाइएको डीएसपी पाण्डेले जानकारी दिए ।
त्यसैगरी बुधबार नै प्रहरीले ९ लाख ४६ हजारबढी मूल्य पर्ने कपडालाई बर्दघाटबाट बरामद गरेको छ ।
भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा बरामद भएका कपडामा साडी,कुर्ता सुरवाल,टिसर्ट,लेडिज टप्सलगायतका रहेका छन् । सामान बरामद भएपनि प्रहरीले कारोबारमा संलग्न कसैलाई पक्राउ गरेको छैन ।
प्रहरीले कपडालाई बेबारिसे अवस्थामा बरामद भएको जनाएको छ । बरामद कपडा आवश्यक कारबाहीका लागि महेशपुर भन्सार पठाइएको प्रहरीले जनाएको छ ।








