कपिलवस्तु ।
जिल्लाको महाराजगन्ज नगरपालिका अर्न्तगत हुलाकी सडकको गनवरिया देखी भगवानपुर शान्तिनगर, जितपुर हुँदै भारतको सिमानासम्मको सडक कालोपात्रे हुने भएको छ ।
लुम्बिनी प्रद्रेश सरकार खानेपानी ग्रामिण तथा शहरी विकास मन्त्रालयले कालोपात्रे सडकको लागि २२ करोडको टेण्डर आह्वान गरेपछि उक्त सडक कालोपत्रे हुने भएको हो ।
महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले सडकको लागि विगत लामोसमय देखि प्रयास गरेपछि मात्र टेन्डर आह्वान गरेको बताउँदै महाराजगन्जमा विकासको गति थप अघि बढ्ने बताए । महाराजगन्ज नगरपालिकाको लागि यो योजना हालसम्मकै ठूलो योजना रहेको उनले बताए ।
नगर प्रमुख कलामले उक्त योजना आर्थिक वर्ष २०७९र८० को लागि माग गरेका थिए ।
कपिलवस्तु निर्वाचन क्षेत्र न २ को प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्य र लुम्बिनी प्रदेश सरकारको तत्कालीन खानेपानी ग्रामिण तथा शहरी विकास राज्यमन्त्री रिना नेपालको पहलमा उक्त योजना स्वीकृत भएपछि उक्त टेन्डर आहवान भएको हो ।
महाराजगन्ज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र चौधरीले उक्त योजनाले यस क्षेत्रको मुहार फेर्ने दाबी गरे । उनले विकासको गतिले पछि परेको महाराजगन्जमा ठुलो योजना आउनु राम्रो पक्ष भएको बताए ।








