वैखरी अनलाइन, बाणगंगा ।
१३ औँ लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता बाँके भएको हुँदा कपिलवस्तु उपबिजेता हुन सफल भएको छ । बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा सम्पन्न लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ९ स्वर्ण, ७ रजत र १५ कास्य पदक सहित बाँके प्रथम बन्न सफल भएको हो ।
१ कास्य पदक कमि हुँदा कपिलवस्तुले भने द्धितिय स्थानमा चित्त बुझाउनु परेको छ । ९ स्वर्ण, ७ रजत र १४ कास्य पदकसहित कपिलवस्तु उपविजेता बनेको हो । यद्यपी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कपिलवस्तुको यो सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । हालसम्मकै उत्कृष्ट नतिजवा ल्याउदै कपिलवस्तु इतिहास समेत रचेको हो । कपिलवस्तु बाट ६ खेलमा खेलाडी, प्रशिक्षक र टोली नेता गरि ८८ जनाको टिममा सहभागि रहेको थियो ।
प्रतियोगितमा भलिवल, एथ्लेक्टिक्स, कबडी, कराते, तेकवान्दो र उसु खेलहरु सञ्चालन गरिएको थियो । जस मध्ये कपिलवस्तु लुम्बििन प्रदेशमै एथ्लेक्टिक्समा प्रथम र भलिवलमा तृतिय र बन्न सफल भएको राष्ट्रीय खेलकुद परिषद कर्मचारी सघंका केन्द्रिय सचिव मिन प्रसाद पोखरेलले जानकारी दिए ।