तौलिहवा ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शुक्रबारदेखि अनुचित लेनदेन ‘मिटरब्याज’ बाट पीडितहरूको निवेदन सङ्कलन गर्न पीडित सहायता कक्ष सञ्चालनमा ल्याएको छ । मिटरब्याजबाट पीडितहरूले वैशाख १७ देखि ३१ गते सम्म आफूसँग भएको सबुद प्रमाणसहित सहयता कक्षमा आई निवेदन दिन प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले बताए ।
मिटरब्याजबाट पीडित व्यक्तिहरूका लागि आवश्यक निवेदन कार्यालयमा निःशुल्क पाइने र निवेदनको फारम कार्यालयकै कर्मचारीले भरिदिने प्रजिअ आचार्यले बताए ।
जिल्ला प्रशासन कार्यालयमा २० जनाले मिटरब्याजबाट पीडितहरूले उजुरी दर्ता गराएका छन् । जसमध्ये तीनवटा जिल्ला अदालतमा गइसकेको र २ वटाको मेलमिलाप भइसकेको प्रजिअ आचार्यले जानकारी दिए ।








