गृहपृष्ठ Featured कोरोनाबाट थप एक जनाको मृत्यु, थपिए ५१ संक्रमित

कोरोनाबाट थप एक जनाको मृत्यु, थपिए ५१ संक्रमित

काठमाडौं । 

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको हो।

योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार ३० पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा १ हजार २३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना पुष्टि भएको छ।

यस अवधिमा ३५ जना संक्रमित निको भएका छन्। मन्त्रालयका अनुसार हाल नेपालमा ३६१ जना संक्रिय संक्रमित रहेका छन्।

सम्बन्धित् समाचार