कपिलवस्तु ।
नेपाल बन पैदावार उद्योग व्यवसायी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा रुक बहादुर भुसाल चयन भएका छन् । आज कपिलवस्तुको गोरुसिंगेमा सम्पन्न दोस्रो अधिवेशनबाट भुसाल सर्वसम्मत चयन भएका हुन् ।
जसको वरिष्ठ उपाध्यक्षमा प्रदिप कुमार शाह, उपाध्यक्षमा मित्रदेव अधिकारी, महासचिवमा खडक बहादुर कुँवर, सचिवमा टिकाराम विक, कोषाध्यक्षमा बसन्ता पौडेल चयन भएका छन् भने सदस्यहरुमा अशोक बढ्ई, युवराज अधिकारी, ईश्वरी कार्की र निरन्जन सिंह सिंजापति चयन भएका छन् ।
ननिर्वाचित अध्यक्ष भुसालले बन पैदावार उद्योग व्यवसायीको हक हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।








