चेतन विष्ट, कपिलवस्तु ।
औषधी व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा मानुल्लाह खान चयन हुनुभएको छ ।
शनिवार सम्पन्न नेपाल औषधी ब्यवसायी संघ कपिलवस्तुको दोश्रो अधिवेशनबाट कपिलवस्तुका औषधी ब्यवसायी मानुल्लाह खान नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
जसको उपाध्यक्ष गोपाल प्रसाद खनाल, महासचिवमा बेदुराम पोख्रेल, सचिवमा महेश रानाभाट, कोषाध्यक्षमा मती राज घिमिरे, सहकोषाध्यक्षमा राम गोपाल गोयल, सदस्यहरुमा सुशील भट्टराई, मनोज कुमार के सि र डा विक्रम घिमिरे निर्वाचित हुनुभएको छ








