गृहपृष्ठ Featured रोल्पामा जीप दुर्घटना : १ जनाको मृत्यु, ८ घाइते

रोल्पामा जीप दुर्घटना : १ जनाको मृत्यु, ८ घाइते

दाङ।

रोल्पामा जिप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका- ६ राँकको ताप्लाका लागि हिडेको लु १ ज ४७५५ नम्बरको जिप गंगादेव गाउँपालिका-२ हेमुनखोलामा आज बेलुकी करिब ६ बजे गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा स्थानीय १५ वर्षका विद्यार्थी तिलक वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी श्यामकुमार सारू मगरले बताए ।

दुर्घटनामा अन्य ८ जना घाइते छन् । जसमध्ये ४ जनाको अवस्था मध्यम रहेको र अन्य ४ जनाको अवस्था सामान्य रहेको डिएसपी सारुमगरले बताए । मध्य घाइते ४ जनालाई उद्धर गरि दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा पठाएको छ भने चालकसहित बाकी ४ जनाको नजिकैको स्वास्थ चौकीमा उपचार भइरहेको छ ।

सम्बन्धित् समाचार