वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- ११ मर्थीका एक युवक लागु औषधसहित पक्राउ परेका छन । प्रहरीले ३२ बर्षीय नारायण बहादुर परियारलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
जिल्लाको मायादेवि गाउँपालिका- ४ चाकरचौडाबाट खटीएको टोलीले सवारी साधन चेकीङ गर्ने क्रममा परियार प्रकाउ परेका हुन । चाकरचौडाबाट ओदारीतर्फ आउदै गरेको लु २ ख २६० नम्बरको हाइस चेकीङ गर्दा हाइस चालक परियारले लुकाई छिपाई राखेको ३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनलाई प्रकाउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।








