सिन्धुपाल्चोक ।
२०७२ सालको विनाशकारी भूकम्पदेखि पूर्णरुपमा बन्द भएको तातोपानी नाकाबाट चीनतर्फ निर्यात सुरु भएको छ । भूकम्पले पुर्याएको क्षतिका कारण बन्द भएको ८ वर्षपछि आज मे १ देखि चीनतर्फ निर्यात सुरु भएको हो । २०७२ सालको भूकम्पबाट तातोपानी नाकातर्फको सडकमा पूर्ण क्षति पुगेको थियो ।
जसकारण, चीनतर्फको निर्यात बन्द भएको थियो । यद्यपि, यसबीचमा नेपालतर्फको आयात भने निरन्तर भइरहेको थियो । भूकम्पले क्षति पुर्याएको ४ वर्षपछि चीनले तातोपानी तर्फको सडक, मितेरी पुल र सुख्खा बन्दरगाह समेत बनाइदिएको थियो ।








