गृहपृष्ठ Featured बाँकेमा रहेको जमुनाहा नाका दुई दिन बन्द हुने

बाँकेमा रहेको जमुनाहा नाका दुई दिन बन्द हुने

बाँके ।

बाँकेमा रहेको जमुनाहा नाका दुई दिन बन्द हुने भएको छ । भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा यही वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नेपाल–भारत जमुनाहा सीमानाका बन्द हुने भएको हो ।

१९ गते मंगलबार राति १२ बजेदेखि २१ गते साँझ ६ बजेसम्म नाका पूर्णरुपमा बन्द गरिने भारतीय सुरक्षा अधिकारीले जानकारी दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले बताउनुभयो ।

नाका बन्द गरी दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्ती गर्ने र सुरक्षा सम्वेदनशीलता अनुसार काम गर्ने सहमति भएको जनाइएको छ ।

सम्बन्धित् समाचार