गृहपृष्ठ Featured सशस्त्र प्रहरीको हरदौना बिओपीको भवन उदघाटन

सशस्त्र प्रहरीको हरदौना बिओपीको भवन उदघाटन

कपिलवस्तु ।

कपिलवस्तुको महाराजगंज नगरपालिका– १० स्थित सशस्त्र प्रहरी वल बोर्डर आउन पोस्ट हरदौनाको भवन र ब्यारेकको उदघाटन गरिएको छ । ३ बर्ष अघि सशस्त्र द्धन्द्धकालीनमा बिस्थापित छोटी भन्सारको कार्यालय परिसरमा २०७६ साल फागुनमा बिओपी स्थापना गरिएको थियो । सिमा क्षेत्रको अपराध नियन्त्रणकालागि ९३ किलोमिटर सिमा क्षेत्रमा कपिलवस्तुमा ९ वटा बिओपी स्थापना भएको सशस्त्र प्रहरी उपरिक्षक जिवन केसीले बताए ।

३ कठ्ठा ७धुर जमिनमा ८३ लाख बढी लागतमा ३ वटा निर्मित भवनको बिन्दबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक बिदुर खडकाले उदघाटन गरेका हुन । सो अवसरमा उनले बिओपी स्थापना भए पछि सीमा क्षेत्रको शान्ति सुरक्षामा मद्दत मिल्ने बताए । उनले सिमा सुरक्षालाई प्रभावकारी बनाउन बिओपी थप्ने कार्य जारी रहेको भन्दै लुम्बिनी प्रदेश भित्र यस बर्ष १५ वटा बिओपी थपिने बताए । ‘ बाीओपी स्थापनाले सिमा क्षेत्रको सुरक्षा मजबुत हुनेछ, जसले गर्दा शान्ति सुरक्षाको अनुभुति मिल्ने छ ’ उनले भने ।

सो अवसरमा महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलामले हदौना लगायतका स्थानमा बिओपी स्थापना भए पछि जनतालाई शान्ति सुरक्षा मिलेको बताए । उनले हर्दौना क्षेत्र बाणगंगा नदीको डुबान, बाढि र आगलागी जस्ता प्रकोप क्षेत्र भएकोले सो स्थानमा बिओपीको स्थापनाले नागरिकलाई राहत मिलेको बताए । उनले आफनो पालिकाले नेपाल र सशस्त्र प्रहरीलाई आवश्यक सहयोग गरी रहने बताए ।

सो अवसरमा सशस्त्र प्रहरी उपरिक्षक जीवन केसीले नगरपालिकाको वडा नम्बर ८ र १० स्थित पर्ने मुख्य नाका नभएका अग्ली, मुझौनी, मुझाना करेलियालगायतका सहायक नाका समेतको सिमा सुरक्षा हेर्ने बताए । मुख्य र सहायक गरी ५ सिमा पिलरको ५ किमि क्षेत्र भित्रको सुरक्षा गर्ने उनले बताए । कार्यक्रम सशस्त्र प्रहरी नायब उपरिक्षक रामेश्वर श्रेष्ठको संचालनमा भएको थियो ।

सम्बन्धित् समाचार