गृहपृष्ठ Featured दाङमा १३ वर्षीया छोरीको बलात्कार अभियोगमा बाबु पक्राउ

दाङमा १३ वर्षीया छोरीको बलात्कार अभियोगमा बाबु पक्राउ

दाङ ।

दाङमा आफ्नै छोरीको बलात्कार गरेको अभियोगमा बुवा पक्राउ परेका छन्। गत चैत ३० गते बिहान ११ बजे घरमा कोही नभएको समयमा मदिराले मातेको अवस्थामा छोरीको बलात्कार गरेको जाहेरीका आधारमा ३७ वर्षीय बुवा पक्राउ परेका हुन्।

हजुरबुवा-हजुरआमा चौपाया चराउन गएको समयमा आफूमाथि बुवाले बलात्कार गरेको किटानी जाहेरी पीडितले वैशाख २ गते दिएकी छन्। उनकी आमा विदेशमा छन्।

तीन वर्ष पहिले विदेश गएकी आमा यो बीचमा बिदामा आएर फेरि फर्केकी प्रहरी अधिकारीले जानकारी दिए।

सम्बन्धित् समाचार