गृहपृष्ठ Featured पाल्पामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

पाल्पामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

पाल्पा ।

पाल्पामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको निस्दी गाउँपालिका- ३ खाँदर बस्ने ५४ वर्षीया उमावती गाहाको शुक्रवार करेन्ट लागेर मृत्यु भएको हो।

शुक्रबार अपरान्हको साढे ४ बजेको समयमा मोबाइल चार्ज गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएकी गाहाको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

 

सम्बन्धित् समाचार