गृहपृष्ठ Featured बर्दियामा सशस्त्र प्रहरी हवल्दार मृत फेला

बर्दियामा सशस्त्र प्रहरी हवल्दार मृत फेला

बर्दिया ।

सशस्त्र प्रहरी बल, बर्दियाका सशस्त्र प्रहरी हवल्दार दारासिंह थारु शनिबार मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय, बर्दियाका डिएसपी एवं सूचना अधिकारी हिक्मतबहादुर बोहोराले बीओपी मधुवन-७ शुक्रबस्ती तारातालमा कार्यरत थारु दिउँसो बकाइनोको रुखमा झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेको बताए ।

बढैयाताल गाउँपालिका मैनापोखरका ३९ वर्षीय थारु बीओपी नजिकको रुखमा पासो लगाएर झुण्डिएको जानकारी पाउन साथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट प्रहरी निरीक्षक बखतबहादुर शाहीको टोली घटनास्थल पुगेको उनले जनाए ।

सशस्त्र प्रहरीका अधिकारी पनि त्यसतर्फ गएका छन् । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल गुलरिया ल्याउने तयारीमा लागेको प्रहरीले जनायो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार