काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताएका छन् ।
शनिबार सिन्धुपाल्चोकको सुनकोसीमा आयोजित एक कार्यक्रममा उनले नागरिकको उपचारको व्यवस्था गर्ने दायित्व सरकारको भएको पनि बताए । उनले स्वास्थ्य बिमा रकम केही घटेको भन्दै आउँदो बजेटमा यसलाई बढाउन पहल गर्ने उल्लेख गरे ।
मन्त्री बस्नेतले देशभरका अस्पताको अवस्थाका बारेमा अध्ययन गर्दै उचित पूर्वाधार निर्माण गर्न ध्यानकेन्द्रीत गर्ने बताए ।
सबै मिलेर देशमा लोकतन्त्रको रक्षा गर्नुपर्ने उनको भनाइ छ ।
नेपाली कांग्रेसका नेता समेत रहेका बस्नेतले पार्टीलाई एक ढिक्का बनाएर मुलुकमा देखिएका चुनौती सामना गर्न तयार हुनुपर्नेमा जोड दिए ।








