गृहपृष्ठ Featured गगन थापाले भने– ‘अब अति भयो’

गगन थापाले भने– ‘अब अति भयो’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा पार्टीभित्र अति भएको बताएका छन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले भनेका छन्, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’

थापा संस्थापन इतर पक्षबाट सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति निरन्तर प्रश्न उठाउँदै आएका छन् ।  थापाको आजको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सम्बन्धित् समाचार