अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको शितगंगामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मकै छर्ने क्रममा शितगंगा नगरपालिका- ४ मा ट्याक्टर दुर्घटना हुँदा कोप्चेवास बस्ने ३८ बर्षिय राजु नेपालि भनिने मान बहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शितगंगा नगरपालिका- ४ स्थित उमकला नेपालिको वारि जोत्ने क्रममा लु.४ त ९४१८ नम्बरको ट्र्याक्टरले च्यापिन गई नेपालिको घटनास्थलमा नै मृत्यु जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारि प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।








