गृहपृष्ठ Featured पाल्पाको झुम्सामा टिपरको ठक्करबाट एक युवकको मृत्यु

पाल्पाको झुम्सामा टिपरको ठक्करबाट एक युवकको मृत्यु

पाल्पा ।

पाल्पाको तिनाउ-३ झुम्सामा टिपरको ठक्करबाट मोटरसाइकल चालकले ज्यान गुमाएका छन् ।

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ क २६१४ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक ३२ वर्षीय जीवन पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी बीरन्द्र थापाले बताए ।

गुल्मीको छत्रकोट गाउँपालिका-३ हर्दिनेटाका पन्तले चलाएको मोटरसाइकललाई ठक्कर दिएपछि घाइते भएका थिए । प्रहरी चौकी दोभान र स्थानीय बासिन्दाले तत्काल लुम्बिनी प्रदेश अस्पताल रुपन्देहीमा पठाएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार